मोलुङ हाईड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै
१८ फागुन, काठमाडाैं। मोलुङ हाईड्रोपावर लिमिटेडको लक इन आवधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ५३ लाख ५१ हजार ७० सय कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक समूहको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीका लागि सुरक्षित ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित ८ लाख २ हजार ५ सय कित्ता सेयर रहेको छ ।
कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने जनाएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ०९:०८










