दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१७ फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १९.२७ अंकले बढेर २६७४.२० को बिन्दुमा बन्द भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको । यस दिन ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । यस दिन दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हो।
त्यस्तै, यस दिन बाराही हाइड्रोपावर पब्लिकको सेयरमूल्य ६.७४ प्रतिशत,एनआईबिएल ग्रोथ फण्डको ६ प्रतिशत र गुडविल फाइनान्सको ३.६३ सेयरमूल्य बढेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १५:२०










