१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

१९.२७ अंकले बढ्यो नेप्से, ५ अर्ब ६४ करोडको कारोबार

१७ फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १९.२७ अंकले बढेर २६७४.२० को बिन्दुमा बन्द भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको । यस दिन ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । यस दिन दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हो।

आज राधि विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ३६ करोड बढीको सेयर कारोबार भएको हो । हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य सर्वाधिक ४.१६ प्रतिशत घटेको छ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १५:१६