आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१७ फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १९.२७ अंकले बढेर २६७४.२० को बिन्दुमा बन्द भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको । यस दिन ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको कारोबार भएको हो । आज राधि विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ३६ करोड बढीको सेयर कारोबार भएको हो । त्यस्तै, यस दिन अपि पावर, मञ्जुश्री फाइनान्स, आखुखोला जलविद्युत र एसवाई प्यानलको सेयर सर्वाधिक कारोबार भएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १५:११










