२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

प्रि ओपन सेसनमा करिब साढे ४ अंकले बढ्यो नेप्से

१७ फागुन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.३८ अंकले बढेर २६५९.३१ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ६९ स्टकको ११४ पटकको कारोबारमा ११ करोड ६५ लाख ७८ हजार ४०१ रुपैयाँ ६० पैसाबराबरको १ लाख ५४ हजार ७५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:57