१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

स्वाभिमान लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१७ फागुन, काठमाडाैं। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:१८