१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१७ फागुन, काठमाडाैं। सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएकाे सेयरमा जो सुकै कम्पनी,व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यो सेयर खरिदका लागि यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरीएकाे थियाे । तर साे अवधिमा सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएकाे छ ।

लगानीकर्ताले काठमायाैंकाे बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नसक्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:१२