यसरी हेर्नुहोस् सुपर खुदी हाइड्रोपावरको आईपीओ नतिजा
१७ फागुन, काठमाडौं । सुपर खुदी हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता सेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन सदर भएको छ । ३९ हजार ८७८ आवेदन भने बदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड भएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २८ हजार ६५० जनालाई १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुने भएकाे छ । कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login र सीडीएस एण्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार ०९:२६










