सिंगै कमिटी विलयको हल्ला चलाएर मध्यरातमा एक्लै एमाले प्रवेश गरे ठगेन्द्र प्रसाद न्यौपाने
१६ फागुन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेश कमिटी नै एमालेमा विलय गराउने हल्ला चलाएर प्रदेश कमिटीका एक सदस्य मध्यरातमा एमाले प्रवेश गरेका छन । रास्वपाको कोशी प्रदेश कमिटीका सदस्य ठगेन्द्र न्याैपाने सिंगै कमिटी एमाले प्रवेशको हल्ला चलाएर मध्यरातमा एक्लै एमाले प्रवेश गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई रूद्राक्षको माला र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको छ । त्यसअघि एमालेका सयाैँ कार्यकर्ताले रास्वपाको सिंगो प्रदेश कमिटीनै एमालेमा विलय हुने हल्ला चलाएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार ०६:५०










