१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

पाल्पा सिमेन्टको आइपीओमा ६.२८ गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !

१५ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख १५ हजार ६८६ जनाले कुल २ अर्ब ८२ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.२८ गुणा बढी आवेदन हो ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले हाता पार्ने छन् भने २० लाख ६५ हजार भन्दा बढी आवेदकको हात खाली हुने देखिन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १८:०१