१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैनः अध्यक्ष ओली

१५ फागुन, काठमाडाैं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएकाे छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रममा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाउनुभएकाे हाे ।

 उहाँले एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर चुनावमा केन्द्रित भएको उल्लेख गर्दै  आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताउनुभयाे ।

कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने उहाँले बताउनुभयाे । साथै, उहाँले चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको बताउनुभयाे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १४:०१