२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्दै, कुनको कति ?

१५ फागुन, काठमाडौं । दुई जलविद्युत कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्।

दूध पोखरी चेपे हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यका २१ करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, संयुक्त ऊर्जा लिमिटेडले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेकाे छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछन्।

प्रकाशित मिति : February 27, 2026 at 12:43 pm