१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बाँडफाँड

१५ फागुन, काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ६ हजार ५९७ कित्ता सेयर फागुन १३ गते बाँडफाँड भएको हो ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी फागुत १५ गतेदेखि गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  सेयरको कटअफ मूल्य १०५.५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १०:२२