१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

१५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ०९:२०