कसैसँग चुनावी तालमेल गर्दैनौँः प्रचण्ड
१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा कसैसँग तालमेल नगर्ने बताउनुभएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यसपटक आफूहरु आफ्नै एजेन्डाको बलमा चुनावमा जाने बताउनुभयो ।
भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताउँदै उहाँले केही ठाउँमा छाड्ने भन्ने चर्चाबारे सत्यता नभएको बताउनुभयो ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १६:३२










