१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ३४ करोड लगानी गर्दै राष्ट्र बैंक

१४ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ३४ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ७ करोड ३५ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९५ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३१ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ। सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले निक्षेप खराबकर्जा अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको संस्थाहरुबाट मात्रै आवेदन स्वीकार गर्ने जनाएको छ।

प्रकाशित मिति : February 26, 2026 at 3:25 pm