२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

१४ फागुन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ६.०३ अकंले बढेर २६५४.९३ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस दिन सालपा विकास बैंकको  सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे। सो बैंकको सेयर मूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

 

प्रकाशित मिति : 15:17