२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

अपीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१४ फागुन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ६.०३ अकंले बढेर २६५४.९३ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँ बढी र एसवाई प्यानल नेपालको साढे १५ करोडकाे सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : 15:12