बागमती प्रदेशमा युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसायिक समीक्षा बैठक सम्पन्न
१४ फागुन, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश कार्यालयले आर्थिक वर्ष ८२/८३ को पहिलो सात महिनाको व्यवसायिक समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा प्रदेशका शाखा तथा उपशाखाहरूको हालको प्रदर्शन मूल्याङ्कन, वृद्धि सम्भाव्यता पहिचान र सञ्चालन सुधारका रणनीतिहरूमा छलफल भएको हो ।
बैठकमा सहभागी प्रबन्धक तथा कर्मचारीहरूले शाखाहरूको प्रदर्शनका कमजोरी र सुधारका अवसरहरू विश्लेषण गर्दै, डेटा आधारित निर्णयमार्फत भविष्यका योजना तय गर्ने कार्यमा जोड दिएका थिए। कम्पनीले यस प्रकारको बैठकले कार्यसम्पादन सुधार्ने, शाखाहरूबीच सहकार्य बढाउने र ग्राहक सेवामा गुणस्तर वृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे
साथै, कम्पनीले आगामी दिनेमा आफ्ना योजना र रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त समेत गरेको छ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १४:१५










