१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

यसरी हेर्नुहोस् रिज इनर्जीको आईपीओ नतिजा

१४ फागुन, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका छन् । यसमध्ये २५ लाख ३७ हजार ३०१ आवेदन सदर भएको छ ।

कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले  सेयर हात पारेका छन् ।  बाँकी आवेदकको हात भने खाली भएको छ । कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओकाे नतिजा बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाईट  https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र  सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०९:४६