१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

रिज इनर्जीको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१४ फागुन, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका छन् । यसमध्ये २५ लाख ३७ हजार ३०१ आवेदन सदर भएको छ ।

कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले  सेयर हात पारेका छन् ।  बाँकी आवेदकको हात भने खाली भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०९:३६