१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

१४ फागुन, काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०९:२८