रिज लाइनको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?
१३ फागुन, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओ भोलि अर्थात् फागुन १४ गते बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिहिबार बिहान बाँडफाँड हुने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका कुल ११ लाख ८० हजार २६० कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा २६ लाख ६२ हजार ७८३ जनाले आवेदन दिएका थिए । जसमा १ लाख १८ हजार २६ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । २५ लाख ४४ हजारको हात भने रित्तो हुने भएको हो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १६:५६










