१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

नेप्सेमा थप ७३ लाख ८४ हजार कित्ता बोनस सेयर सूचीकृत

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकको ५ प्रतिशत बोनस सेयर बापतकाे ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १५:२९