१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

१३ फागुन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हो।

त्यस्तै, यस दिन विन नेपाल लघुवित्तको सेयर मूल्य ९.६६ प्रतिशत र सुपर माईको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १५:२२