नेप्सेले दियो वृद्धिलाई निरन्तरता, काराेबार रकम पनि बढ्याे
१३ फागुन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार आखुखोला जलविद्युतको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन २८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो । आज दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हो। हिमालयन पावर पार्टनरको सेयरमूल्य यस दिन सर्वाधिक ५.९८ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १५:१८










