बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१३ फागुन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार आखुखोला जलविद्युतको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन २८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, यस दिन त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब साढे २५ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको २३ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १५:१५










