१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१३ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

त्यस्तै, सरकारले चुनावलाई मध्यनजर गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२-२०८५/८६) स्वीकृत गरेको छ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी-न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १४:५६