३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

शुभम् पावरको नाफा १६८ प्रतिशतले बढ्यो

१३ फागुन, काठमाडाैं । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६८ प्रतिशतभन्दा बढी हो। गत आवमा कम्पनीकाे खुद नाफा ४६ लाख ३२ हजार रुपैयाँको रहेकाे थियाे ।

साे अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने १ करोड ३० लाख रुपैयाँबाट घटेर १ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।  त्यसैगरी, कम्पनीले खर्च नियन्त्रणमा समेत सुधार देखाएको छ। प्रशासनिक खर्च १६ लाख १२ हजार रुपैयाँबाट घटेर ८ लाख ४३ हजार रुपैयाँमा झरेको छ भने वित्त खर्च पनि १९ लाख ३२ हजार रुपैयाँबाट घटेर १३ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ।

२० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २४ लाख रुपैयाँले धनात्मक बनेको छ।  समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ र तरलता अनुपात २.९७ प्रतिशत कायम भएको छ।

प्रकाशित मिति : 13:12