७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१३ फागुन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०।६३ अंकले घटेर २६३७।९६ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४९ स्टकको ८२ पटकको कारोबारमा २ करोड ९० लाख ६६ हजार ८४६ रुपैयाँ ६० पैसाबराबरको २१ हजार ४१९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १०:५८