३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

ह्वाइटगोल्ड मल्टी इनर्जीले आईपीओ निष्कासन गर्ने

१३ फागुन, काठमाडौं । ह्वाइटगोल्ड मल्टी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले  आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ ।

फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते बिहान ९ बजे बागबजारस्थित होटल हार्दिकमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको  हाे ।

सभामा कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरी पारित गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिने कार्यसूची रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : 10:17