१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

मातृभूमि लघुवित्तको सेयर बिक्रीमा,क-कसले किन्न पाउँछन् ?

१३ फागुन, काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल २३ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुरले सूचना प्रकाशित भएको ३५ दिनभित्र कैलाली लम्किमा रहेको संस्थाको कार्यालय वा बुढानिलकण्ठ काठमाडौंमा रहेको संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि  सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार ०९:३०