३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एक हाइड्रोपावरको सेयर मूल्य समायोजन

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५९१ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारकाे दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबारकाे दिन अर्थात मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ७१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : 09:15