मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच फर्टिलिटी केर सेवामा पहुँच विस्तारका लागि सहकार्य
१२ फागुन, काठमाडाैं। मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले वात्सल्य नेचुरल आईभीएफ प्राईवेट लिमितेडसँग नयाँ सहकार्यको घोषणा गरेको छ । वान बाई मेटलाइफ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत अब बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले नेपालकै एक प्रतिष्ठित फर्टिलिटी सेवा प्रदायकमा विशेष दरमा सेवा लिन सक्नेछन् ।
विश्वसनीय र किफायती उपचारमा पहुँच हुनु फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारहरूका लागि महत्वपूर्ण हुन्छ । नेपालमा अझै पनि धेरै व्यक्तिहरू लागत, सामाजिक संकोच वा पर्याप्त जानकारीको अभावका कारण फर्टिलिटी स्वास्थ्यसम्बन्धी सहयोग लिन हिच्किचाउने अवस्था छ । वात्सल्य नेचुरल आईभीएफ सँगको यस सहकार्यले यस्ता केही अवरोधहरू कम गर्न सहयोग पुर्याउँदै ग्राहकहरूलाई विशेषज्ञ सेवातर्फ सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
मेटलाइफको डिजिटल लाइफ कार्डले ग्राहकहरूलाई सहज र सरल अनुभव सुनिश्चित गर्छ । वान बाई मेटलाइफमा रेजिस्टर गरेपछि डिजिटल कार्डधारकहरूले वात्सल्य नेचुरल आईभीएफका क्लिनिकहरूमा कार्ड देखाई विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यस अन्तर्गत प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, पूर्ण आई वी एफ प्याकेजमा रु २० हजारसम्मको स्थिर छुट, तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवाहरूमा १५ प्रतिशतसम्म छुट समावेश छन् ।
यी सुविधाहरूले फर्टिलिटी स्वास्थ्य सेवा थप किफायती र पहुँचयोग्य बनाउन सहयोग पुर्याउँछन् । यो सरल र व्यवहारिक पहलले ग्राहकहरूलाई गोपनीयता, सहजता र आत्मविश्वासका साथ स्वास्थ्य सेवा उपयोग गर्न सशक्त बनाउँछ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १७:०५










