१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

एसवाई प्यानलसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१२ फागुन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ। यस दिन नेप्से २१.६२ अकंले बढेर २६३८.६० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोढ २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन एसवाई प्यानल नेपालकाे सर्वाधिक काराेबार भएकाे छ ।  सो कम्पनीको यस दिन ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन आँखुखोला जलविद्युत कम्पनीको २४ करोड ६९ लाख ५३ हजार रुपैयाँ,राधी विद्युत कम्पनीको १६ करोड १२ लाख २४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ४६ लाख ८२ हजार रुपैयाँ, रिडी पावर कम्पनीको ११ करोड ४६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : February 24, 2026 at 3:26 pm