१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

१२ फागुन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ। यस दिन नेप्से २१.६२ अकंले बढेर २६३८.६० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोढ २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन एसवाई प्यानल नेपालकाे सर्वाधिक काराेबार भएकाे छ ।  सो कम्पनीको यस दिन ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १५:२१