नेप्सेमा १ लाख ६५ हजार कित्ता बोनस सेयर सूचिकृत
१२ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको १ लाख ६५ हजार ८५.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १५:१५










