सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीको मूल्य बढ्यो सर्वाधिक
१२ फागुन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ। यस दिन नेप्से २१.६२ अकंले बढेर २६३८.६० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोढ २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
आज २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३१ प्रतिशत, हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १५:१३










