१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज, राष्ट्र बैंकले बाेलायाे सञ्चालक समितिको बैठक

१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्ने उद्देश्यले आज साँझ सञ्चालक समिति बैठक बोलाएको छ। गभर्नर विश्वनाथ पौडेलले साँझ साढे पाँच बजे बैठक बाेलाउनुभएकाे हाे ।

‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३’ बमोजिम त्रैमासिक समीक्षा सम्पन्न भएको ४५ दिनभित्र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार राष्ट्र बैंकले मंगलबार समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हाे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १३:४९