जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?
१२ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको नाममा रहेको ८ हजार कित्ता र निरज पोख्रेलको नाममा रहेको १२ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या समेत उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।
सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक सेयर खरीदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ११:१५










