२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अप्पर लोहोरे खोला हाइड्रोले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल 

१२ फागुन, काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले हाल कम्पनीको चुक्ता पूँजी ५० लाख ९८ हजार ४० कित्ता सेयर बराबरको १ः१.५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर जारी गर्ने गर्न लागेको हो ।

हकप्रद निष्काशनसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नुभयो ।

प्रकाशित मिति : February 24, 2026 at 10:21 am