सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१२ फागुन, काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् । कम्पनीले गत आवका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ०९:३१










