१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

सगरमाथा जलविद्युतको सेयरको लक इन अवधि चैतमा समाप्त हुँदै

१२ फागुन, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लक इन अवधि चैत १६ गते समाप्त हुन लागेको हो ।

कुल सेयर संख्यामा संस्थापक समूहको ५९ लाख ८३ हजार ३२० कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको १ लाख ३७ हजार २६४ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख ७३ हजार २०० कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ०९:१३