११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

११ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । सोमबार नेप्से २.१४ अंकले बढेर २९१६.९७ को बिन्दुमा बन्द भएको छ । यस दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ । यस दिन ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लााख रुपैयाँको कारोबार भएको हो । सोमबार सालपा विकास बैकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, यस दिन रिलायन्स मिल्सको सेयर मूल्य ९.२८ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को सेयर मूल्य ६.१० प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १५:२५