११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

११ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । सोमबार नेप्से २.१४ अंकले बढेर २९१६.९७ को बिन्दुमा बन्द भएको छ । यस दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ । यस दिन ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लााख रुपैयाँको कारोबार भएको हो । आज आखुखोला जलविद्युतको सेयर सर्वाधिक खरिदबिक्री भइरहेको हो । कम्पनीको ३६ करोडको सेयर कारोबार भएको हो । सालपा विकास बैंकको सेयर मूल्यमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ । एनआईबिएल समृद्धि फड २ को इकाईमूल्य यस दिन सर्वाधिक ४.८१ प्रतिशत घटेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १५:२०