सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
११ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । सोमबार नेप्से २.१४ अंकले बढेर २९१६.९७ को बिन्दुमा बन्द भएको छ । यस दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ । यस दिन ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लााख रुपैयाँको कारोबार भएको हो । आज आखुखोला जलविद्युतको सेयर सर्वाधिक खरिदबिक्री भइरहेको हो । कम्पनीको ३६ करोडको सेयर कारोबार भएको हो । त्यस्तै,रिडि पावर, एसवाई प्यानल, सिईडिबि र न्यादी ग्रुपको सेयर सर्वाधिक खरिदबिक्री भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १५:१५










