११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

गोर्खाज हिमालयन हाईड्रोले आईपीओ निष्कासन गर्ने

११ फागुन, काठमाडौं। गोर्खाज हिमालयन हाईड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बाेलाएकाे छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २६ गते पुतलीसडकमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको जारीपूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने(यसमध्ये १० प्रतिशत आयोजना प्रभावित र १० प्रतिशत आम सर्वसाधारणलाई) विशष प्रस्ताव पारित गरिनेछ । सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत सेयर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि जारी गरिनेछ ।

यस्तै सभामा आईपीओबाट प्राप्त रकमको उपयोग र आईपीओसम्बन्धी कार्य गर्नका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत पारित गरिनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १४:४५