११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

६ कम्पनीका सेयरको लकइन अवधि एक महिनाभित्र सकिँदै, कुनको कति ?

११ फागुन, काठमाडौं। आगामी एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, संस्थापक सेयरधनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयलाई छुट्याइएको सेयरमा लकइन अवधि समाप्त हुन लागेको हो।

लकइन अवधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि सूचना दिनुपर्ने प्रावधानअनुसार सम्बन्धित कम्पनीहरूले सार्वजनिक सूचना जारी गरिरहेका छन्।

एक महिनामै लकइन अवधि सकिन लागेका कम्पनीमा स्वस्तिक लघुवित्त, सागर डिस्टिलरी, सामुदायिक लघुवित्त, झापा इनर्जी, सानिमा मिडिल तमोर जलविद्युत् कम्पनी र बुङ्गल हाइड्रोपावर छन् ।

यीमध्ये २ कम्पनीको फागुन महिनामै लकइन अवधि सकिने भएको छ ।  स्वस्तिक लघुवित्तले म्युचुअल फन्डलाई छुट्याइएको ११ हजार ५५० कित्ता सेयर आज (फागुन ११ गते) लकइन अवधि सकिँदैछ । यस्तै, बन्दीपुर केबुलकारले सामूहिक लगानी कोषलाई छुट्याएको २ लाख ६४ हजार ७ सय कित्ता सेयरको लकइन अवधि फागुन २९ गते समाप्त हुने भएको छ।

४ कम्पनीको लकइन अवधि चैतमा सकिने भएको छ । सागर डिस्टिलरीले म्युचुअल फन्डलाई छुट्याएको ७२ हजार ६ सय कित्ता सेयरकाे लकइन अवधि चैत ११ गते समाप्त हुने भएको छ । सामुदायिक लघुवित्तको संस्थापक तथा कर्मचारीतर्फको २ लाख ४ हजार ५ सय कित्ता सेयरकाे लकइन अवधि चैत ४ गते सकिने भएको छ ।

झापा इनर्जीले म्युचुअल फन्डलाई छुट्याएको २८ हजार ५१४ कित्ता साधारण सेयरमा चैत ७ गते लकइन अवधि सकिने छ । बुङ्गल हाइड्रोपावरको १ लाख ३ हजार ७५० कित्ता सेयरमा लकइन अवधि चैत १ गते सकिनेछ।

सानिमा मिडिल तमोर हाइड्रोपावरकाे संस्थापक समूह, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयको गरी २ करोड ८३ लाख २६ हजार २५० कित्ता सेयर चैत ७ गतेबाट लकइन अवधि सकिने भएको छ । लकइन अवधि समाप्त भएपछि यी कम्पनीकाे सेयर साधारणसरह नै दोस्रो बजारमा कारोबार गर्न पाइनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १४:३६