रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेसमा प्रवेश
११ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ । उहाँलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गर्नुभयाे ।
कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जाल मार्फत घोषणा गर्नुभयाे ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १०:३२










