७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

एक लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

११ फागुन, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ। कम्पनीको गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनस सेयर नेप्से  र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई दोस्रो बजारमा कारोबार योग्य बनाइएको संस्थाले जनाएको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते बूक क्लोज गरेको थियाे । यसकाे अर्थ गत मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूकाे मात्रै डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ।

साथै मंसिर २१ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको बोनस सेयर कर्जा प्रवाह गर्ने बैंक/वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएकोले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक/वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न आग्रह समेत गरेको छ।

प्रकाशित मिति : February 23, 2026 at 9:55 am